दफा ४
आकस्मिक उपचार
: (१) प्रत्येक स्वास्थ्य संस्थाहरूले तोकिए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रत्येक स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको कर्तव्य हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै स्वास्थ्य संस्थामा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुन नसकेमा त्यस्तो स्वास्थ्य संस्थाले सो संस्थाबाट उपलब्ध हुने उपचार तत्काल उपलब्ध गराई थप उपचारको लागि अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्नु पर्नेछ।
(४) यस दफा बमोजिम उपचार गर्दा लागेको खर्च सम्बन्धित व्यक्तिको स्वास्थ्य बीमा भएकोमा सोबाट र स्वास्थ्य बीमा नभएकोमा वा स्वास्थ्य बीमाको रकमले नपुग हुने भएमा सम्बन्धित व्यक्ति, निजको अविभावक, परिवारको सदस्य, संरक्षक वा संरक्षकत्व ग्रहण गरिएको व्यक्तिले व्यहोर्नु पर्नेछ।
तर आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पर्ने स्वास्थ्य सेवा स्वास्थ्य संस्थाले निःशुल्क रूपमा उपलब्ध गराउनु पर्नेछ।
(५) यस दफा बमोजिम आकस्मिक उपचार सेवा प्रदान गर्दा सम्बन्धित सेवाग्राहीलाई उपचार शुरु गरिसकेपछि मात्र त्यस्तो सेवा प्राप्त गर्दा पूरा गर्नु पर्ने प्रक्रिया अवलम्बन गर्न लगाउनु पर्नेछ।
(६) आकस्मिक उपचार सेवा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।